速報APP / 遊戲 / तनाह: सुनामी र भूकम्प योद्धा

तनाह: सुनामी र भूकम्प योद्धा

價格:免費

更新日期:2016-12-21

檔案大小:98M

目前版本:1.1.6

版本需求:Android 4.0.3 以上版本

官方網站:http://opendream.co.th

Email:info@opendream.co.th

聯絡地址:65/32, 2nd Floor, Chamnan Penjati Business Center Rama 9 Road, Huay Kwang, Bangkok 10900

तनाह: सुनामी र भूकम्प योद्धा(圖1)-速報App

एशिया तथा प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिका घटनाहरू तथा यस्ता विपद्हरूबाट मृत्यु हुनेहरूको संख्या भयावह रुपमा बढिरहेको छ । सन् २००४ मा हिन्द महासागरमा गएको भूकम्प र सुनामी तथा भर्खरै २०१५ मा नेपालमा गएको भूकम्पका कारण यस क्षेत्रमा धेरै मानिसहरूले विपद् पश्चातका विभिन्न कठिनाइ झेल्नु परेको थियो । यस कारण प्राकृतिक प्रकोपहरूबाट उत्पन्न विपद्जस्ता जोखिमहरूलाई न्यूनीकरण गर्न तयारीका काम गर्न हामीलाई जरुरी भैसकेको छ।

तनाह: सुनामी र भूकम्प योद्धा(圖2)-速報App

साइ फा: जापानीज फन्ड इन ट्रस्टको सहयोगमा यूनेस्को ब्याङ्कक र ओपन ड्रिम्सद्वारा तयार गरिएको फ्लड फाइटर नामको मोबाइल एप्लिकेशन खेल यस किसिमको पहिलो एप्लिकेशन हो जसले मोबाइल एप्सका खेलाडीलाई बाढीबाट आफू र आफ्ना नजिकका मानिसहरुलाई कसरी बचाउने भन्ने कुरा सिकाउँछ । यो एप्लिकेशन १४० देशमा थाई, अंग्रेजी, फ्रेन्च र बहासा इन्डोनेसिया गरी ४ भाषाहरुमा जम्मा एक लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन्।

तनाह: सुनामी र भूकम्प योद्धा(圖3)-速報App

साइ फा खेलको सफलतापछि प्रयोगकर्ताहरुलाई भूकम्प र सुनामीका सबै अवस्थाका विपद्हरुबाट बच्न सक्ने पाठहरु – तयारी, प्रतिकार्य र उद्धारकार्यलाई २० भन्दा बढी रोमान्चकारी र चुनौतिपूर्ण चरणहरुका माध्यमबाट आफूहरु कसरी बच्ने भन्ने कुरा सिकाउन ""तनाह – सुनामी तथा भूकम्प योद्धा"" मोबाइल गेमको निर्माण गरिएको हो । पछि अन्य भाषाहरुमा पनि राख्न सकिने गरी यो गेम हाल अंग्रेजी, बहासा र नेपाली भाषामा उपलब्ध छ । रेडक्रस तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगले निर्मित यो गेम यही नोभेम्बर २०१५ मा रिलिज गर्ने लक्ष्य रहेको छ।

तनाह: सुनामी र भूकम्प योद्धा(圖4)-速報App

यो खेल निम्न भाषाहरुमा पनि उपलब्ध छ – बहासा (Bahasa), अङ्ग्रेजी (English), स्पेनी (Español) र थाई। (ไทย) अन्य भाषाहरुमा एप डाउनलोड गर्न दाहिने तर्फ रहेको ‘More From Developer’ ‘विकासकर्ताबाट थप’] मा क्लिक गर्नुहोस्!

तनाह: सुनामी र भूकम्प योद्धा(圖5)-速報App